Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

होटलको बरन्डामा सलको पासो लगाएका युवा युवतीको मृत्यु

होटलको बरन्डामा सलको पासो लगाएका युवा युवतीको मृत्यु

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । सिनामंगलस्थित एक होटलमा युवा–युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार साँझ सिनामंगलस्थित होटल जन्मभूमिमा आएका युवायुवती होटलको कौसीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएपछि पुगेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पर्शुराम आचार्यको ५ तले घरमा खोटाङ दिक्तेल रुपाकोट नगरपालिका–४ घर भई हाल काडाँघारी बस्ने रामजी कटुवालले संञ्चालन गरेको होटल जन्मभुमीको चौथो तलाको कौसीमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

कोठा नम्बर १२० भाडामा लिई होटलको दर्ता किताबमा दर्ता गरेकोबाट खुल्न आएको बिबरण अनुसार सुनसरी जिल्ला घर भएका अन्दाजी ३४ वर्षका रमेश माझी र पासपोर्टबाट नाम थर वतन खुल्न आएको जिल्ला मोरङ घर भएकी २९ वर्षकी सर्मिला कुमारी माझी झुण्डीएको अवस्थामा फेला परेका हुन् ।

उनीहरुले कोठा नम्बर १२० को अगाडी बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुबै जनाले घाँटीमा पासो लगाएको भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077