Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हिजो मात्रै क्यानडाबाट फर्किएका थिए होटल जन्मभूमिमा मृत भेटिएका रमेश र शर्मिला

हिजो मात्रै क्यानडाबाट फर्किएका थिए होटल जन्मभूमिमा मृत भेटिएका रमेश र शर्मिला

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । सिनामंगलको एक होटलमा झुण्डिएको अवस्थामाम मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ ।

मृत्यु हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेको खुलेको छ ।

उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा सेता सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

२ वर्षदेखि क्यानडामा बस्दै आएका उनीहरु शनिबार मात्रै नेपाल आइपुगेको प्रहरीले जनाइएको छ ।

त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पर्शुराम आचार्यको ५ तले घरमा खोटाङ दिक्तेल रुपाकोट नगरपालिका–४ घर भई हाल काडाँघारी बस्ने रामजी कटुवालले संञ्चालन गरेको होटल जन्मभुमीको चौथो तलाको कौसीमा उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

होटलको कोठा नम्बर १२० को अगाडी बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुबै जनाले घाँटीमा पासो लगाएको भेटिएको थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077