Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कुवेत पुर्याएर ४ लाखमा युवती बिक्री, एक वर्षपछि कँडेल र लामा पक्राउ

कुवेत पुर्याएर ४ लाखमा युवती बिक्री, एक वर्षपछि कँडेल र लामा पक्राउ

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोले कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ छन् ।

उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० कुवेती दिराम कमाई हुने भन्दै कुवेत पुर्‍याएका थिए । कुवेत पुर्‍याएर ९०० केडी (३ लाख ९४ हजार ६६२) मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोले जनाएको छ ।

कँडेल र लामाले अघिल्लो वर्षको साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको खुल्न आएको प्रहरीको भनाई छ ।

उनीहरुले कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ ।

त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् ।

त्यसपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077