Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरी हेडक्वाटरमा सकियो 'लाफ्टर फर लाईफ' कार्यक्रम

प्रहरी हेडक्वाटरमा सकियो 'लाफ्टर फर लाईफ' कार्यक्रम

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार ‘लाफ्टर फर लाईफ’ कार्यक्रम सकिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सकिएको हो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरीले कर्तव्य पालनाको सिलसिलामा तनावको स्थिति सामना गर्नुपर्ने र आफ्नो दैनिकी व्यवस्थापनमा समेत समस्या भोग्ने गरेको हुँदा विशेष समय दिएर प्रहरीको दैनिक गतिविधिलाई मनोरञ्जनको रूपमा प्रस्तुत गरी साथ दिएकोमा कलाकार समुहलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्रीलाई मायाको चिनो प्रदान गरे ।

देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई प्रहरी कार्यको सम्मानको लागि तथा व्यस्त जीवनको क्षणलाई राम्रो विश्रामको अवसरको रूपमा परिणत गर्न नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्री तथा उनको समूहले उक्त कार्यक्रम प्रस्तुत गरेको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू एवम् प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077