Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा पाँचदिने औपचारिक नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी र उनकी श्रीमती सुनीता द्विवेदी आइतबार स्वदेश फिर्ता भएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्‍नीले बिदाइ गरे ।

भ्रमणको दौरान जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।

जनरल द्विवेदीले भ्रमणको दौरानमा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077