Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका ८ जना एसएसपीको डीआईजीमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका ८ जना एसएसपीको डीआईजीमा बढुवा सिफारिस [सूचीसहित]

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रहरीका आठजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस हो ।

सिफारिस हुनेमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077