Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्रोत नखुलेको विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सोमवार , मंसिर १०, २०८१

हेटौंडा । मकवानपुरबाट स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावत रहेका छन् ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक ईभी माइक्रो बसलाई हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेकप्वाइन्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए ।

कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर बरामद गरिएको छ भने पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

तीनै जना भारतीय नागरिकले स्रोत नखुलेको विदेशी मुद्रा भारत लैजान लागेको बयान दिएका छन् । प्रहरीले विशेष सूचनाका आधारमा स्रोत नखुलेको रकम र उनीहरूलाई पक्राउ गरेको हो ।

विदेशी मुद्रासहित उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय मीनभवन ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077