Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कपिलवस्तुबाट बाघको छालासहित एक जना पक्राउ

कपिलवस्तुबाट बाघको छालासहित एक जना पक्राउ

सोमवार , मंसिर १०, २०८१

कपिलवस्तु । बाघको छालासहित प्रहरीले कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका-२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लज बाहिरबाट एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-५ गोलपार्क बस्ने ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन्। बाघको छालाको कारोबार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट पोशाकको टोली खटिएको थियो।

उक्त टोलीले रेष्टुरेन्ट बाहिर उभिरहेका भट्टराईको तलासी लिएको थियो। उनले बोकेको बोराभित्र बाघको छाला बरामद भएको हो। उक्त छाला टाउकोदेखि पुच्छरको फेद सम्म ६ फिट लम्बाई छ।

पुच्छरको भाग २ फिट २ इन्च लम्बाई भएको छ। चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो तीन वटा सानो प्वाल देखिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077