Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

‘डन हौँ’ भन्दै कोठाबाट अपहरण, बन्धक बनाएर कुटपिटसँगै लागूऔषध खुवाए !

‘डन हौँ’ भन्दै कोठाबाट अपहरण, बन्धक बनाएर कुटपिटसँगै लागूऔषध खुवाए !

सोमवार , मंसिर १०, २०८१

धनगढी । प्रहरीले कैलालीमा युवकलाई अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट र बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी पक्राउ परेका हुन् ।

उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको कैलाली प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक पदम बहादुर बिष्टले जानकारी दिए ,

पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाँझो घरमा बन्धक बनाएर कुटपिटका साथै आगुऔषध पनि खुवाएका थिए ।

बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय र केदारस्युँ गाउँपालिका–६ का १७ वर्षीय किशोरमाथि कुटपिट र लागुऔषध खुवाइएको एसपी बिष्टले जानकारी दिए ।

दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाँझो घरमा बन्धक बनाएर कुटपिट गरिएको थियो ।

कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले दुबै जना किशोरलाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिएको छ । उनीहरुको साथबाट खुकुरी पनि बरामद गरिएको छ ।

सोही समूहले एक हप्ताअघि गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा पुगाएर कुटपिट गरेको थियो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077