Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

क्रिप्टो कारोबार मुद्दामा तीनजना चिनिया नागरिक पुर्पक्षका लागि जेल चलान

क्रिप्टो कारोबार मुद्दामा तीनजना चिनिया नागरिक पुर्पक्षका लागि जेल चलान

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । अभौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठित अपराध मुद्दामा तीनजना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले चिनिया नागरिक लिन क्विनचिन, तिङ चियाहोङ, हनिपा सिनसुवात अपायार्तलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार अन्य ३३ जना भने धरौटीमा रिहा भएका छन् ।

ब्युरोका अनुसार ललितपुरको एकतावस्तीस्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर संचालन गरेर नेपाली युवा युवतीहरुलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानुनी रुपमा काममा लगाई क्रिप्टो कारोबार हुने गरेको सूचना प्राप्त भएपछि गत भदौमा छापा मारेर प्रहरीले ५० जनालाई पक्राउ गरिएको थियो ।

अनुसन्धानपछि प्रहरीले ३६ जनालाई प्रतिवादी बनाई दश करोड चौतिस लाख त्रियानब्बे हजार पाँच सय उनानपचास रुपैयाँ पाँच पैसा विगो मागदावी गरी अदालतमा मुद्दा दायर गरेको थियो ।

जसअनुसार तीन जना विदेशीलाई अदालतले पूर्पक्षको लागि कारागार चलान गरेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077