Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रविलाई बुद्ध एयरको जहाजमार्फत मंगलबार बिहान काठमाडौँ ल्याइने

रविलाई बुद्ध एयरको जहाजमार्फत मंगलबार बिहान काठमाडौँ ल्याइने

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौँ ल्याइने भएको छ ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएसँगै काठमाडौँ ल्याउन लागिएको हो ।

उनलाई स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि काठमाडौँ ल्याउन बुद्ध एयरको मंगलबार बिहान साढे आठ बजेको टिकट बुकिङ गरिएको बताइएको छ ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077