Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अपहरण गरेर ५० हजार फिरौती लिएको आरोपमा दुईजना पक्राउ

अपहरण गरेर ५० हजार फिरौती लिएको आरोपमा दुईजना पक्राउ

मंगलवार , मंसिर ११, २०८१

पर्सा । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदन दिएपछि पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५० हजार फिरौती रकम पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगगन्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशंकर शर्मालाई पक्राउ गरिएको लम्सालको भनाई छ।

‘गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो। महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएको जानकारी प्रहरीलाई दिएका छन्,’ लम्सालले भने, अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो।’

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै वीरगन्ज महानगर-१६ का स्थानीय बासिन्दा हुन्। पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३-०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077