Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रतिकुल मौसमका कारण रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

प्रतिकुल मौसमका कारण रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम उडान अनुकूल नहुँदा सभापति लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ भएको हो। उनलाई बुद्ध एयरको जहाजमार्फत् ८ः४० बजे काठमाडौं ल्याउने तयारी गरिएको थियो।

हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले विमानस्थलमा कुनै उडान नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

सहकारी ठगी, संठगित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनको अनुसन्धानका लागि ल्याउन लागेको हो।

यसअघि उनलाई सुप्रिम बचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा संलग्न देखिएको भन्दै रूपन्देही पनि लगिएको थियो। त्यहाँ दुई दिन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि उनलाई बुटवल नै फर्काइएको थियो।

सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछाने गत कात्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077