Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेको रिहाई माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

रवि लामिछानेको रिहाई माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले रविको रिहाई माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेता कार्यकर्ताले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् ।

‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् । लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077