Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जापान मानवतस्करीका नाइके एमाले नेताका भान्जा

जापान मानवतस्करीका नाइके एमाले नेताका भान्जा

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । जापानमा मानवतस्करीको प्रयास गरेको आरोपमा पक्राउ परेका महेश पाण्डे नेकपा एमाले नेताको भाञ्जा भएको खुलेको छ ।

प्रहरीसँगको बयानमा उनले आफु एमाले नेता खेम लोहनीको भाञ्जा भएको बताएका छन् । धादिङ घर भएका लोहनी एमालेका केन्द्रीय सदस्य हुन् ।

लोहनी संसद भएको बेला एमालेको संसदीय दलको कार्यालयमा योगराज गौतमसँग आफ्नो चिनजान भएको उनले खुलाएका छन् ।

गौतमले नै कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लभ अधिकारीलाई जापान पठाएर उनका सहयोगीका रुपमा अन्य तीन जनालाई तस्करी गराउने योजना बनाएका थिए ।

यसमा ११ जनाविरुद्ध सोमबार मुद्दा दायर भएपनि अधिकारीलाई भने जोगाइएको छ । बयानको क्रममा अधिकारीले गौतम आफ्नो साथी भएको स्वीकार गरेका छन् ।

बिचौलिया समूहले नै उनको टिकटदेखि सबै बन्दोबस्ती गरिदिएको थियो । जापानको अध्यागमनले डिपोर्ट गरिदिएपछि घटना बाहिर आएको हो ।

गिरोहमा मुख्य भूमिकामा रहेका पाण्डेले दिवाकरबाबु भट्टराई, विष्णु भट्टराई तथा योगराज गौतमसँग मिलेर यसरी मानवतस्करीको काम गरेका थिए ।

अन्य तीन जना फरार रहँदा यो मुद्दा कमजोर बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077