Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कपिलवस्तुबाट अवैध पेस्तोलसहित एक जना पक्राउ

कपिलवस्तुबाट अवैध पेस्तोलसहित एक जना पक्राउ

मंगलवार , मंसिर ११, २०८१

कपिलवस्तु । अवैध पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिरलाई प्रहरीले पक्राउ गरेको हो ।

कम्मरमा लुकाइ राखेको अवस्थामा कालो रंगको ४।५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।

पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077