Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

घोरलको सिङसहित युक्रेनी नागरिक विमानस्थलबाट पक्राउ

घोरलको सिङसहित युक्रेनी नागरिक विमानस्थलबाट पक्राउ

मंगलवार , मंसिर ११, २०८१

कास्की । नेपाल भ्रमणमा रहेका एक युक्रेनी नागरिक घोरलको सिङसहित पक्राउ परेका छन् ।

कास्की प्रहरीले २१ वर्षीय पेलिप जिल्को भेस्की नामक ती व्यक्तिलाई पोखरा विमानस्थलबाट पक्राउ गरेको हो ।

पोखराबाट काठमाडौं जान लागेका उनको झोला चेकजाँच गर्दा दुई चुच्चो जोडिएको घोरलकोजस्तो देखिने सिङ फेला परेको थियो।

प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077