Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा थप प्रमाण र कागज भए पेस गर्न आदेश

रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा थप प्रमाण र कागज भए पेस गर्न आदेश

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अवहेलनाको मुद्दा दायर गर्ने निवेदकलाई नै सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश दिएको हो ।

के कुराले अदालतको अवहेलना भयो भन्ने पर्याप्त आधार र कारण नखुलाएको कारण निवदेकसँगै स्पष्टीकरण माग्ने आदेश भएको बताइएको छ ।

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतबाट आदेश जारी भएको विषयमा सार्वजनिक प्रदर्शन र नाराबाजी गरेको भन्दै अदालतको अवहेलनाको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यो मुद्दामा रास्वपाका उपसभापति वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077