Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

२० एसएसपी, ३२ एसपी र ७० डीएसपीमा बढुवाको तयारी

२० एसएसपी, ३२ एसपी र ७० डीएसपीमा बढुवाको तयारी

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । डीआईजीमा बढुवा सिफारिसपछि प्रहरी प्रधान कार्यालयले एसएसपी, एसपी र डीएसपीमा पनि बढुवा तयारी थालेको छ ।

प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीमा बढुवा हुँदैछ । तीनै पदको बढुवाका चर्को रस्साकस्सी छ । बढुवाका आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

एसएसपीका २० पदमा ४० भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन् । सबैभन्दा सिनियर टोलीबाट गोविन्द अधिकारी र बिनोद सिलवाल छन् । उनीहरुलाई छुटाउन नमिल्ने अवस्था छ ।

बढुवामा ११४ को टोलीका एसपीहरु मुख्य प्रतिस्पर्धी छन् । सो ब्याचबाट रमेश थापा,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी बढुवाका मुख्य दाबेदार हुन् ।

बढुवाका दाबेदार रहेका एसपी कमल थापामाथि हनि ट्रयापिङ प्रकरणमा अनुसन्धान भइरहेको छ । चलखेलका आधारमा उनले आफुविरुद्धको मुद्दा रोकाएका थिए । विभागीय कारबाही समेत रोकाएर बढुवा हुने दाउमा उनी लागेका छन् ।

सोही टोलीका यसअघि एसपी बढुवामा पछि परेकाहरु पनि अहिले सशक्त रुपमा लागेका छन् । होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही लगायत पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन् ।

कार्यसम्पादनमा कमजोर रहेका तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल पनि शक्तिकेन्द्र धाइरहेका छन् ।

एसपी र डीएसपी बढुवा पनि छिट्टै गर्ने तयारी छ । डीएसपीमा २०७० को टोलीबाट ७९ जना प्रतिस्पर्धामा छन् । यो ब्याचबाट यसअघि दुई टोली डीएसपी भइसकेका छन् । यसपटक पनि नौ जना छुट्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077