Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँ पक्राउ, पथ प्रदर्शक पनि समातिए

अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँ पक्राउ, पथ प्रदर्शक पनि समातिए

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । गैरकानुनी रूपमा भारतबाट नेपाल प्रवेश गर्ने दुईजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय लीगुआनगुई र ३५ वर्षीय ताओ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नेपाल(भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

शुद्धोधन गाउँपालिका वडा नं. ५ घेराउजोतस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भारतबाट अवैध ढंगबाट नेपाल प्रवेश गर्दै गर्दा उनीहरूलाई पक्राउ गरेको बताइएको छ । यस्तै पथ प्रदर्शक भारत सिद्धार्थ नगर जिल्ला कक्रहवा बस्ने २३ वर्षीय भारतीय नागरिक अरबाज शेषलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका २ चिनियाँ नागरिक र पथ प्रदर्शक ३ जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन कार्यालय रुपन्देही बेलहिया पठाएको थियो ।

जसमध्ये पथ प्रदर्शक भारतीय नागरिक अरवाज शेषलाई अध्यागमन कार्यालय बेलहियाले आवश्यक सोधपुछ गरी पुनः थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा फिर्ता पठाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077