Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्राइम बहुउद्देश्यीय सहकारी ठगी : ५० लाख धरौटी तिर्न नसक्दा श्रेष्ठ जेल चलान

प्राइम बहुउद्देश्यीय सहकारी ठगी : ५० लाख धरौटी तिर्न नसक्दा श्रेष्ठ जेल चलान

मंगलवार , मंसिर ११, २०८१

कास्की । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१० निवासी ५६ वर्षीय शंकर नारायण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई मंसिर ८ गते कास्की प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित सहकारीको कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

उनलाई मंसिर मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अदालतले श्रेष्ठलाई रु. ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, धरौटी रकम तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077