Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चद्वारा खारेज

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चद्वारा खारेज

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरिदिएको छ ।

न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो ।

रिट खारेज भएपनि न्यायाधीशद्वय पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।

निर्देशनात्मक आदेशमा के छ भन्ने कुरा खुलिसकेको छैन। प्रसाईंको रिट खारेज भएसँगै उनी हिरासतमुक्त नहुने भएका हुन्।

गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077