Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पर्साबाट १०७ ग्राम सुन र झण्डै १४ लाख नगदसहित युवक पक्राउ

पर्साबाट १०७ ग्राम सुन र झण्डै १४ लाख नगदसहित युवक पक्राउ

बुधवार , मंसिर १२, २०८१

पर्सा । अवैध रूपमा चोरी पैठारी गरिएको सुनसहित पर्साबाट एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १०७ ग्राम ८७ मिलिग्राम सुनसहित वीरगन्ज महानगरपालिका-१५ भेडियाहीका २८ वर्षीय जयप्रकाश कुमार सोनार पक्राउ परेका हुन् ।

प्रहरी सोनारको साथबाट १३ लाख ८८ हजार ४३६ रुपैयाँसमेत बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–८ लिंकरोडस्थित सडक खण्डबाट सोनारलाई नियन्त्रणमा लिइएको हो ।

अवैध रूपमा सुन ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो ।

सवार सोनारको शरीर तलासी गर्दा उनले लगाएको कालो रङको जिन्स पेन्टको दाहिने खल्तीमा कागजमा बेरिएको सो सुन बरामद भएको पर्सा प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077