Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लेनदेनको विवादमा आफ्नै साथीको हत्या

लेनदेनको विवादमा आफ्नै साथीको हत्या

बिहिवार , मंसिर १३, २०८१

हेटौँडा । मकवानपुरमा लेनदेनको विवादमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् ।

मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका-६ प्रतापुरका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले आफ्नै घरमा सुतेका मनहरी गाउँपालिका-६ का ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।

उनीहरू दुवै जना प्राय जसो सँगै मजदुरी काम गर्दै आएका थिए । राति लेनदेनको कुरामा विवाद गर्दै गर्दा एक्कासी बेल्चाले अम्मरबहादुरले प्रहार गरेर जीतबहादुरलाई घाइते बनाएका थिए ।

घाइतेलाई भरतपुर अस्पताल पुर्‍याइएकोमा उपचार गर्ने क्रममा बिहीबार बिहान उनको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ । अम्मरबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077