Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीबाट ५७० मिलिग्राम खैरो हेरोईनसहित चारजना पक्राउ

कैलालीबाट ५७० मिलिग्राम खैरो हेरोईनसहित चारजना पक्राउ

बिहिवार , मंसिर १३, २०८१

कैलाली । कैलालीमा ५७० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली प्रहरीका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका वडा नं. ०३, रामपुर स्थित सडक छेउमा शंका लागेर एक १९ वर्षिय शंकर चौधरीलाई चेकजाँच गर्दा उसको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोईन जस्तो पदार्थ फेला पारेको हो ।

त्यसपछि उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको छ ।

त्यसैगरी, ईलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले गोदावरी नगरपालिका वडा नं. ०९, शंकास्पद रुपमा हिँडिरहेको एक २० वर्षिय विवेक चौधरीलाई पक्राउ गर्दा उनको साथबाट ३६० मिलिग्राम खैरो हेरोईन जस्तो धुलो पदार्थ बरामद भएको छ।

चौधरीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।

अर्को घटनामा, ईलाका प्रहरी कार्यालय भजनीको टोलीले भजनी नगरपालिका वडा नं. ०३, मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको दुई जनालाई शंका लागेर चेकजाँच गर्दा १४० मिलिग्राम खैरो हेरोईन जस्तो पदार्थ बरामद गरेको छ।

पक्राउ पर्नेमा २१ वर्षिय किसन बि.क. र २९ वर्षिय लक्ष्मी प्रसाद चौलागाई छन् । उनीहरूलाई ईलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ । उनीहरु चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077