Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीबाट भन्सार छलीका ६ लाखको समान बरामद

कैलालीबाट भन्सार छलीका ६ लाखको समान बरामद

बिहिवार , मंसिर १३, २०८१

कैलाली । कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा अबैध भन्सार छली गरी ल्याइएको सामान फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले बुधबार ६ लाख भन्दाबढी मूल्य बराबरका विभिन्न सामानहरू बरामद गरेको हो ।

कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिकास्थित आदर्श चोक र त्रिबेणीघाटबाट अन्दाजी ३२ हजार ७५० मूल्य बराबरको माछा, चीनी, प्याज र किराना सामान फेला पारिएको छ ।

यस्तै, गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाडाबाट अन्दाजी २ लाख ३१ हजार ८०० मूल्य बराबरको कपडा र कैलारी गाउँपालिका वडा नं. ५ मनिकापुरबाट १ लाख ९५ हजार ५०० मूल्य बराबरको २०० एएच इन्भटर, ब्याट्री, कपडा र नाइलन रसी पनि फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी टिकापुर नगरपालिका वडा नं. ८ बेलुवाबाट अन्दाजी १ लाख ८ हजार ४०० मूल्य बराबरको तेल, मोजा, छिद्रा माछा र मम्फली बरामद गरिएको छ ।

भजनी नगरपालिका स्थित काँडा र पहलवानपुरबाट पनि अन्दाजी ३० हजार २०० मूल्य बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा फेला पारेको छ भने जोशिपुर गाउँपालिका वडा नं. ३ फाडियाबाट ४ हजार मूल्य बराबरको चीनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले अबैध मालसामानहरू भन्सार कार्यालय पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077