Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बयानका लागि रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै

बयानका लागि रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइने भएको छ ।

सभापति लामिछानेलाई आज अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइन लागेको हो ।

सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएपछि बयानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको बताइएको छ ।

लामिछानेलाई आज अपराह्न पोखराबाट काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।

उनीविरुद्ध स्वर्णलक्ष्मीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले मङ्सिर २ गते पक्राउ गर्न आदेश भएको थियो।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077