Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अस्पताल भर्ना भए दुर्गा प्रसाईं

अस्पताल भर्ना भए दुर्गा प्रसाईं

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका अभियन्ता दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।

विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई बिहीबार ललितपुरको हरिसिद्धि अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतको आदेश अनुसार क्यान्सरका विरामी उनलाई अस्पताल भर्ना गरिएको साइबर ब्युरोले जनाएको छ । प्रहरीले उनलाई ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा कम्पनीमा लगानी रहेको भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077