Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुरमा कांग्रेस उम्मेदवार कृष्णमानको अग्रता कायमै, कति ल्याए मत ?

कीर्तिपुरमा कांग्रेस उम्मेदवार कृष्णमानको अग्रता कायमै, कति ल्याए मत ?

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।

कीर्तिपुर नगरपालिकाका ५ वटा वडाको मतगणना सकिँदासम्म कांग्रेस उम्मेदवार डंगोलले अग्रता कायमै राखेका हुन् ।

आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् । मानन्धरले अहिलेसम्म २ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् ।

उनीहरूबीच ५७२ को मतान्तर छ।  नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमा छ। माओवादी उम्मेदवार शिवशरण महर्जनले २१०१ मत प्राप्त गरेका छन्।

उनले एमालेका उम्मेदवार मानन्धरसँग मतान्तर घटाउँदै लगेका छन्। उनीहरूबीच २५७ मतान्तर छ। चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन छन्। उनले १११३ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ ल्याउँदा कविकुमार महर्जनले ७०८ मत ल्याएका छन्। अहिले कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को गरी ११ हजार ३४९ मतगणना सकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077