Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्थानीय तहको निर्वाचन हाम्रा लागि नयाँ अनुभवका रुपमा रह्यो : रास्वपा

स्थानीय तहको निर्वाचन हाम्रा लागि नयाँ अनुभवका रुपमा रह्यो : रास्वपा

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको टिप्पणी गरेको छ ।

स्थानीय तहको मतपरिणामपछि रास्वपा सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको टिप्पणी गरेको हो ।

लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको रास्वपाले उल्लेख गरेको छ ।

रास्वपाले मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा पार्टी सचेत रहेको पनि उल्लेख गरेको छ ।

रास्वपाले भनेको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको यो पहिलो अवसर थियो । तसर्थ हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो । काठमाडौं महानगरपालिका वडा नं. १६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामीले एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौं ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077