Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बेइजिङमा उपमन्त्री सुन बेइदोङले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

बेइजिङमा उपमन्त्री सुन बेइदोङले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणमा आज बिहान हिमालयन एयरलाइन्सको चार्टर विमानबाट गएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् ।

प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077