Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोशीको कानुनमन्त्री बने रेवतीरमण भण्डारी

कोशीको कानुनमन्त्री बने रेवतीरमण भण्डारी

सोमवार , मंसिर १७, २०८१

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानसभा सदस्य एवं एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए ।

भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते राजीनामा दिएका थिए । त्यसयता आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077