Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।

राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् ।

उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा एमालेका सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।

यसैगरी, ुकेटा र केटीु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले दुईहजार ३६ मत ल्याए । यस्तै, ुबाकसु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार कविकुमार महर्जनले एकहजार ३१४ मत ल्याए ।

अर्का स्वतन्त्र उमेदवार 'कैँची' चिह्न पाएका दिनेशकुमार अधिकारीले एकहजार ४८ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ९९५ मत ल्याए ।

कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भएका छन् । वडा नम्बर ४ मा यसअघि स्वतन्त्र उमेदवार जितेका थिए ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077