Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

दोलखाको गौरीशंकरमा एमालेले फर्कायो विरासत, उपाध्यक्षमा उमा विजयी

दोलखाको गौरीशंकरमा एमालेले फर्कायो विरासत, उपाध्यक्षमा उमा विजयी

सोमवार , मंसिर १७, २०८१

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा निर्वाचित भएकी छिन् । उनी २ हजार ८०५ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत प्राप्त गरिन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा १ हजार ७ सय २७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो सँगै गौरीशंकर गाउँपालिकामा एमालेले आफ्नो विरासत फर्काएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष देखि सबै वडाको वडाध्यक्ष पद जितेको एमालेले गत स्थानीय तह निर्वाचनमा हार व्यहोर्न परेको थियो ।

गौरीशंकरको अध्यक्ष पदमा माओवादीका विश्वास कार्की विजयी भएका थिए भने उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077