Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत, लगत्तै सुरु भयो द्विपक्षीय वार्ता !

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत, लगत्तै सुरु भयो द्विपक्षीय वार्ता !

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गर्‍यो । समारोहमा अरू चिनियाँ नेता पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077