Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बलिउड अभिनेता विक्रान्त मैसीले लिए अभिनयबाट सन्यास

बलिउड अभिनेता विक्रान्त मैसीले लिए अभिनयबाट सन्यास

मंगलवार , मंसिर १८, २०८१

एजेन्सी । बलिउड अभिनेता विक्रान्त मेसीले अभिनयबाट सन्यासको घोषणा गरेका छन्।

यसअघि ‘१२ फेल’ र ‘सेक्टर ३६’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेका मेसीले अभिनयबाट सन्यासको घोषणा गरेका हुन्।

हालै उनी फिल्म ‘द साबरमती रिपोर्ट’मा देखिएका थिए। यो सफलताको फाइदा उठाएर विक्रान्त अगाडि बढ्ने अपेक्षा गरिएको थियो ।

तर अभिनेताले एक्कासी सन्यास लिने निर्णय गरेका छन् । ३७ वर्षको उमेरमा उनले अभिनयलाई अलविदा भन्न लागेका हुन् ।

विक्रान्तले सोमबार बिहान अभिनयबाट सन्यास लिने घोषणा गरेर आफ्ना फ्यानहरूलाई चकित पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077