Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समयमै महाअधिवेशन गराउन सबै तहबाट पहल आवश्यक छ : शेखर कोइराला

समयमै महाअधिवेशन गराउन सबै तहबाट पहल आवश्यक छ : शेखर कोइराला

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साना तिना विषयमा कांग्रेस बरालिन नहुने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय पालिका सभापतिको भेलालाई सम्बोधन गर्दै डा शेखर कोइरालाले यस्तो बताएका हुन् ।

उनले क्रियाशील सदस्य नवीकरण नभइरहेको अवस्थामा निर्धारित समयमै महाअधिवेशन हुनेमा आशंका गरे । कोइरालाले समयमै महाअधिवेशन गराउन सबै तहबाट पहल आवश्यक रहेको बताए ।

डा. कोइरालाले भेलामा उपस्थित हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोच्न सहभागी सभापतिहरूलाई आग्रह गरे ।

उनले भने,‘भेलामा सहभागी हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोची निर्धक्क भएर घर फर्किन आग्रह गर्दछु। तपाईँहरूको संरक्षण म गर्दछु।’ यस्तै उनले कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077