Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एक्लै लड्दा उपनिर्वाचनमा माओवादीले उत्साहजनक मत पायो : प्रचण्ड

एक्लै लड्दा उपनिर्वाचनमा माओवादीले उत्साहजनक मत पायो : प्रचण्ड

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा माओवादीले उत्साहजनक मत पाएको दाबी गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले माओवादीलेले अघि सारेका एजेण्डा र अभियानलाई जनताले अनुमोदन गरेको दाबी गरेका हुन् । उनले एक्लै चुनाव लड्दा माओवादीलाई जनताले अनुमोदन गरेको बताए ।

स्थानीय तहमा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको उनको भनाइ छ ।

'विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ', प्रचण्डले भनेका छन् ।

उपनिर्वाचनलाई माओवादीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको प्रचण्डले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077