Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनबाट माओवादी केन्द्र झनै बलियो भएर आयो : नारायणकाजी श्रेष्ठ

उपनिर्वाचनबाट माओवादी केन्द्र झनै बलियो भएर आयो : नारायणकाजी श्रेष्ठ

मंगलवार , मंसिर १८, २०८१

तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको दाबी गरेका छन् ।

माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगर सम्मेलनको उद्घाटन समारोहमा श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए ।

“जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077