Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमान्त्री ओलीले मंगलबार राष्ट्रपति सी र समकक्षी लीसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमणको आमन्त्रणा गरेकामा धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

मंगलबार चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्वपक्षीय वार्ता गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले लीलाई नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077