Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो, सैनिकलाई बोलाइयो फिर्ता

दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो, सैनिकलाई बोलाइयो फिर्ता

बुधवार , मंसिर १९, २०८१

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओलले मार्सल ‘ल’ अर्थात सैन्य कानूनको घोषणा फिर्ता लिएका छन् ।

सांसदहरुले सदनमा शैन्य कानून लागू गर्ने घोषणाविरुद्ध कडा प्रतिवाद गरेपछि राष्ट्रपति यून आफ्नो निर्णयबाट केही घण्टामै पछि हट्नु परेको हो ।

सिओलको नेशनल ऐसम्ब्ली अर्थात राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका बताइएको छ ।

राष्ट्रपतिको कदमलाई लिएर संसद बाहिरसमेत प्रदर्शन भएको छ । राष्ट्रपति यू आदेशबाट पछि हटेलगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077