Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नेपाल भ्रमण वर्ष २०२५ को प्रवर्द्धन गर्ने चीनको प्रतिबद्धता

नेपाल भ्रमण वर्ष २०२५ को प्रवर्द्धन गर्ने चीनको प्रतिबद्धता

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बनाउने क्रममा चीनले नेपाल भ्रमण वर्ष २०२५ को सफलताका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएको द्विपक्षीय वार्तामा चीनले नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको हो ।

द्विपक्षीय वार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउन चीनले सहयोग गर्ने उल्लेख छ ।

चीनले नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदालाई चिनियाँ पर्यटकबीच लोकप्रिय बनाउँदै नेपाल भ्रमणलाई आकर्षक गन्तव्यको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077