Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लागुऔषध कारोबारी पक्राउ गर्न सुनसरीमा प्रहरीले चलायो ४ राउन्ड गोली

लागुऔषध कारोबारी पक्राउ गर्न सुनसरीमा प्रहरीले चलायो ४ राउन्ड गोली

बुधवार , मंसिर १९, २०८१

सुनसरी । सुनसरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

मंगलबार राति धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली चलाएको हो । गोली हानेर प्रहरीले दुई गाडी गाँजा बरामद गरेको छ ।

धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिबधारामा गाडि पक्राउ गर्न पुगेका थिए ।

प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

गाजा ओसारपसार गर्ने एकजना पक्राउ र अर्का एकजना फरार रहेका छन् । यस घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077