Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने - स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्छौं

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने - स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्छौं

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन्।

उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने बताएका हुन्।

उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए। उपाध्यक्ष पोखरेलले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताए।

आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उपाध्यक्ष पोखरेलले बताए। उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गरे।

उनले अहिले पुराना राजनीतिक दलहरू आउटडेटेड भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077