Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार

चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार

बुधवार , मंसिर १९, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ ।

चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। त्यहाँ बयानका लागि पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077