Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डसहित १८ जनालाई गणतन्त्र सेनानी सम्मान

माओवादी अध्यक्ष प्रचण्डसहित १८ जनालाई गणतन्त्र सेनानी सम्मान

बुधवार , मंसिर १९, २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ ।

गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको हो।

सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते/अपाङ्गहरु छन् ।

गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो ।

माओवादी जनयुद्धमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्री पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077