Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

विद्यार्थी विदेशिने समस्या डरलाग्दो छ, युवालाई स्वदेशमै रहने वातावरण बनाऔँ : सभापति देउवा

विद्यार्थी विदेशिने समस्या डरलाग्दो छ, युवालाई स्वदेशमै रहने वातावरण बनाऔँ : सभापति देउवा

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

उनले पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताए ।

युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको उनको भनाइ छ । उनले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताए ।

उनले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गरे। उनले यि तीन वटै विधेयकहरु छिटो ल्याउन काँग्रेसले पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077