Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने

बिहिवार , मंसिर २०, २०८१

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौंको निम्ति प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरे ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका एवं द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077