Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

८४ को चुनाव पनि एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

८४ को चुनाव पनि एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने निर्णय गरेको छ ।

उपनिर्वाचनमा आफ्नो पक्षमा आएको नतिजाले राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले ८४ को चुनाव पनि एक्लै लड्ने निर्णय गरेको हो ।

पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।

गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनले बैठकमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा, पालिका सम्मेलन र खबरदारी सभालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए।

मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो ।

बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077