Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

चीनसँग ऋण लिने गरी सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

चीनसँग ऋण लिने गरी सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै पनि ऋण सम्झौता नभएको बताएका छन्।

चीनबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, ‘जे प्राप्त गरेका छौँ त्यो ऋण होइन। ऋणको सारंगी किन बजिरहेको छ? पटकपटक भनेका छौँ यो ऋण होइन। ऋणसँग यो सरोकार राख्दैन। परियोजनअनुसार छुट्टाछ्ट्टै सहमति हुन्छ।’

प्रधानमन्त्री ओलीले बिआरआई परियोजना ऋण नभएको र बेइजिङमा त्यसबारेको छलफलमा ऋणकोसम्बन्धी कुरा पनि नउठेको बताए ।

प्रधानमन्त्री ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुनेपछि छलफल हुने बताए। बीआरआईको समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको उनले बताए। उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077